काठमाडौं महानरपालिकाका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ

काठमाडौं । काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन विभागमातहतमा रहेका ९ सय ३२ जना कर्मचारी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार ६ सय ६४ जनाको आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २ सय ६८ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो ।

आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गरिएकोमा ३ जना महिला स्वास्थ्य स्वयम्सेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको थियो । त्यसपछि उनीहरुको पनि पीसीआर गरिएको थियो । उनीहरु बाहेक २ सय ७० जनाको पीसीआर परीक्षण गरिएको थियो । पीसीआर गरिएका सबैको नजिता नेगेटिभ आएको काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरी श्रेष्ठले जानकारी दिए । उनीहरु सबैको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले परीक्षण गराएको हो ।

परीक्षणमा पोजेटिभ नतिजा आएका सबैलाई टेकुस्थित वातावरण व्यवस्थापन बिभागको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?