श्रममन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि उनी बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका हुन्। ।

उनलाई केहीदिन अघिदेखि छाती दुख्ने समस्या रहेको थियो । उनलाई नियमित चेकजाँचका क्रममा अस्पताल लगिएको र चिकित्सकको सल्लाह बमोजिम नै भर्ना गरिएको पारिवारीक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?