उच्चस्तरीय समितिद्वारा लकडाउन लम्ब्याउन सिफारिस

काठमाडौं । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

आइतवार दिउसो बसेको समितिको बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।

आज बस्ने लागेको मन्त्रीपरिषद्को बैठकले उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा नै लकडाउबारे निर्णय गर्नेछ ।

सरकारले पछिल्लो समय थपेको लकडाउनको समयाबधि भोलि (जेठ ५ गते) बाट सकिँदैछ । स्रोतका अनुसार आगामी जेठ १५ गतेसम्म लकडाउन थपिनसक्ने बताइएको छ ।

त्यस्तै भारतमा १४ दिन लकडाउन थपिएको छ । भारतमा लकडाउन थपिएको आधारमा नेपालमा पनि लकडाउनको सीमा निर्धारण गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?