काठमाडौं । विश्वभरमा कोरोना भाइरसको कहर जारी रहेको छ । संक्रमित व्यक्तिमा अहिलेसम्म मात्र खोकी, कफ र ज्वरोको लक्षण देखिएको थियो । तर अब विश्व स्वास्थ्य संगठनले (डब्ल्युएचओ) ले कोरोना भाइरसको एक नयाँ लक्षण बताएको छ ।
एक नयाँ लक्षण्को बारेमा जानकारी दिँदै ‘डब्ल्युएचओ’ले सारा विश्ववासीलाई सचेत रहन आग्रह गरेको छ । जसका कारण मानिसहरुको चिन्ता झनै बढ्दै गएको छ ।
‘डब्ल्युएचओ’का विशेषज्ञहरुले कोहि पनि व्यक्तिलाई बोल्ने तथा हिड्नमा समस्या भएमा पनि कोरोना भाइरसको गम्भीर लक्षण हुनसक्ने बताएको हो ।
यस सम्बन्धमा विश्व स्वास्थ्य संगठनका विशेषज्ञले यदि कोहि पनि मानिसमा बोल्न तथा हिँडडूल गर्न समस्या भएमा पनि कोरोना भाइरस संक्रमणको लक्षण हुनसक्ने बताएका हुन् ।
डब्ल्युएचओका अनुसार, यस प्रकारका मानिसहरु बिशेष उपचार बिनै स्वस्थ हुन सक्दछन् ।
यो बाहेक डब्ल्युएचओले कोभिड १९ को संक्रमणका गम्भीर लक्षणमा श्वास फेर्नमा समस्या र टाउको दुख्नमा समस्या हुनु, बोली बन्द हुनु वा बोल्न समस्या हुनु र हिँडडुल गर्न समस्या हुनुलाई कोरोना भाइरस संक्रमणको लक्षणका रुपमा बताएको छ ।
It’s normal to feel fearful and anxious at this time. Talk about your feelings – it will lessen your distress.
#HealthyAtHome #COVID19 #TogetherWeCan #LetsTalk pic.twitter.com/iP5LEvD75G— World Health Organization Western Pacific (@WHOWPRO) May 16, 2020
यसैबीच अष्ट्रेलिया स्थित मेलबर्नको ला ट्रोबे यूनिभर्सिटीले पनि शोधमा कोरोना भाइरसको कारण मानिसमा मनोरोग उत्पन्न भएको भन्दै सचेत रहन चेतावनी दिएको थियो ।
शोधसँग जोडिएका डाक्टर एली ब्राउनका अनुसार कोरोना भाइरस सबै मानिसहरुको लागि अति नै तनावपूर्ण तथा समस्याले भरिएको अनुभव हो ।
डब्ल्युएचओका अनुसार विश्वमा कोरोना भाइरसको महामारीबाट आईतवार विहान ९ बजेसम्म ४४ हजार ९४ लाख ८७३ जनालाई संक्रमण भईसकेको छ भने ति मध्ये ३ लाख ५ हजार ९७६ जनाको मृत्यु भएको छ ।
एजेन्सीको सहयोगमा
‘डाटा लीक’ भएपछि नयाँ खुलासा !, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया