‘किस’ गर्दा नाक ठोक्किन्छ कि ठोक्किदैन ? एउटा हिन्दी फिल्ममा सोधिएको यो प्रश्नको जवाफ भने हामीसँग नभएर जसले किस गरेको छ उसलाई थाहा हुन्छ तर सायद धेरै कम मात्रै मानिसलाई एक पटकको किसमा करोडौं ब्याक्टेरिया शरणार्थी बनेर तपाईको मुखमा आउँछन्, भन्ने थाहा होला १० सेकेन्डको एक चुम्बनका क्रममा ८ करोड ब्याक्टेरिया एक अर्काको मुखमा पुग्छन् नेदरल्यान्डका एक वैज्ञानिले २१ जोडीको चुम्बनलाई अध्ययन गरेर यो निश्कर्ष बाहिर ल्याएका हुन् । यो निगरानीमा मानिसले चुम्बन गर्दा थुकको माध्यमबाट यसरी ब्याक्टेरिया एकअर्काका जाने सम्भावना बढी पाइएको छ अध्ययनअनुसार मानिसको मुखमा ७ सय प्रकारका ब्याक्टेरिया करोडौंको संख्यामा हुने गर्छन्, तर यीमध्ये केही तिव्र गतिमा एक अर्कामा सर्ने गर्छन् । नेदरल्यान्ड अर्गनाइजेशन फर एप्लाइट साइन्टिफिक रिसर्च (टीएनओ) ले चुम्बनका विषयलाई लिएर खोज गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया