कोरोना महामारीकाबीच बालबालिकामाथि अर्काे खतरा ! डाक्टरहरु नै अन्योलमा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले शुक्रवारको एक बयानका क्रममा बालबालिकामा एक दुर्लभ रोगको लक्षण देखिएको बताएको छ ।

उक्त रोगले डाक्टरहरु नै आशंकित भएका छन् । उक्त रोगलाई पनि डाक्टरहरुले कोरोना भाइरससँग जोडेर हेरिरहेका छन् । तर रोग कोरोनासँग नजोडिएको संस्थाकी टेक्निक सदस्य डाक्टर मारिया केरवोवले यसलाई मल्टी सिस्टम इफल्मेट्री सिन्ड्रोम (MIS-C) को रुपमा हेरिएको बताएकी छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै डाक्टर मारियाले भनिन्, अमेरिका र बेलायतका केहि बालबालिकामा सिन्ड्रोमको लक्षण देखिएको छ, यसमा पेट दुख्ने, नसामा समस्या देखिने हुने गर्दछ ।

अमेरिकासहित बेलायतका २०० बालबालिकामा यस्तो लक्षण देखिएको हो । बच्चालाई यस्तो खतरा लक्षण देखिएपछि त्रास पैदा भएको छ ।

अमेरिकामा यसको कारण अहिलेसम्म ५ जना बच्चाको मृत्यु भईसकेको छ ।

न्युयोर्कका गभर्नर कुओमोका अनुसार देशका १४ राज्यमा बच्चाहरुमा यस्तो लक्षण देखिएपछि डाक्टरहरु जाँच गर्न जु’टेका छन् ।

कसैले भने यसको सम्बन्ध कोरोना भाइरससँग जोडिरहेका छन् । डाक्टरहरुले अविभावकहरुलाई पनि यस रोगबाट सतर्क रहन सुझाएका छन् ।

यस प्रकारको संक्रमणको शुरुवात केहि समय अगाडि क्यानडाबाट भएको थियो । त्यहाँ कोरोना संक्रमित बच्चामा यस प्रकारको लक्षण देखिएको थियो ।

यो इन्फ्लेमेटरी डिजिज वा कावासाकी डिजिज शोक सिन्ड्रोममा पाइन्छ । डाक्टरका अनुसार यो रोग अत्याधिक गम्भीर रोग रहेको छ ।

यसले बालबालिकाको शरीरमा रातो रङ जस्तो छाला बन्छ । साथै आँखा रातो हुने, पेट अत्याधिक दुख्ने, खोकी, घाँटीमा चिसो हुने जस्ता लक्षणहरु देखिएका छन् ।

एजेन्सीको सहयोगमा

‘डाटा लीक’ भएपछि नयाँ खुलासा !, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित

कोरोनाको नयाँ लक्षण देखिए पछि ‘डब्ल्युएचओ’ले दियो चेतावनी, के हो नयाँ लक्षण ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?