काठमाडौं । प्रदेश १ मा आइतवार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया