काठमाडौं । सरकारले कोरोनाविरुद्ध लड्नका लागि जनतालाई जडिबुटीजन्य बस्तुको प्रयोग गर्न आग्रह गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकमा जडिबुटीजन्य बस्तुको प्रयोगलाई बढाउने सम्बन्धमा छलफल भएको सरकारका प्रवक्ता एवम सञ्चार एवम सूचना प्रविधीमन्त्री डाक्टर युवराज खतिवडाले बताए ।
कोरोना संक्रमणबाट बच्न उपचारको साथसाथै जडिबुटी जन्य बस्तुको प्रयोग गर्न, व्यायामलाई बढाउनका लागि आग्रह गरेको छ ।
साथै जडिबुटी जन्य बस्तुको उत्पादन गर्ने कम्पनीहरुलाई त्यसको उत्पादन बढाउन साथै जनप्रतिनिधी सबै नागरिकहरुलाई त्यसको बारेमा जनचेतना जगाउन समेत सरकारले आग्रह गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले निर्माणको कामलाई यथावत राख्ने निर्णय गरेको छ । देशका विभिन्न ठाँउमा भइरहेको विकास निर्माणका कामहरुलाई यथावत राख्ने निर्णय गरेको हो ।
आज बसेको मन्त्री परिषद्को बैठकले नेपालमा जेठ २० गतेसम्मका लागि लकडाउन बढाउने निर्णय गरेको छ ।
त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुले पनि सुरक्षा अपनाएर उत्पादनमा जोडिन मिल्ने निर्णय भएको प्रवक्ता खतिवडाले बताए ।
जेठ २० सम्म लम्बिएको लकडाउनको ‘मोडालिटी’ यस्तो हुने (मन्त्रिपरिषद्का निर्णयसहित)
आगामी २० जेठ सम्म लकडाउन लम्ब्याएको सरकारले अबको लकडाउनको मोडालिटी भने परिवर्तन तथा परिमार्जन गर्ने भएको छ । सीमावर्ती ठाउँबाट लकडाउन उल्लंघन गरेर आएका धेरै मानिसहरुमा संक्रमण देखिएको भन्दै मन्त्रालयले यसपालिको लकडाउनमा यसमा कडिकडाउ गर्ने नीति लिएको हो ।
मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले भने, “क्वारेन्टाईनमा बस्ने अनुशासन, भौतिक दुरी, क्वारेन्टाईनबाट भागिदिने जस्ता विषयमा थप छलफल गर्ने तथा क्वारेन्टाईनको क्षमता बढाउने र मापदण्ड बमोजिम बनाईने किसीमको मोडालिटी तय भएपछि सोहीबमोजिम सरकारले आफ्ना काम अगाडी बढाउनेछ ।
नेपालमा भेटिएका केही संक्रमित एम्बुलेन्सको प्रयोगबाट यात्रा गरेको प्रसंग सम्झाउँदै प्रवक्ता खतिवडाले भने, “एम्बुलेन्स तथा अन्य अत्यावश्यकीय सामान ढुवानी गर्ने सवारीबाट आउनेहरु, मानिसहरुको आवतजावत लगायतका विषयमा परिमार्जित नीति नियम ल्याउनेबारे छलफल भएको र अब बस्ने उच्चस्तरीय समितीले लयाएको मोडालिटीका आधारमा आगामी जेठ २० सम्मको लकडाउन परिमार्जित बनाउँदै लैजाने उनले बताए ।
नेपालमा जेठ २० गतेसम्मका लागि लकडाउन थपिएको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले आगामी जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
आइतवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।नेपालमा कोरोना रोकथामको सुरक्षार्थ सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो।
त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।
सरकारले पछिल्लो समय थपेको लकडाउन जेठ ५ गते (भोली) बाट सकिँदैछ ।
भारत सरकारले पनि कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै देशमा चौथो चरणको लकडाउन १४ दिन बढाएको छ । त्यहाँको मन्त्रीपरिषद् बैठकले ३१ मे सम्मका लागि लगडाउन थपेको हो । लकडाउनको तेश्रो चरण आज सकिँदैछ ।
यस्तै आज बसेको मन्त्रीपरिषद्को बैठकले निर्माणको कामलाई यथावत राख्ने निर्णय गरेको छ । देशका विभिन्न ठाँउमा भइरहेको विकास निर्माणका कामहरुलाई यथावत राख्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरि जानकारी दिएका हुन् ।
त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुले पनि सुरक्षा अपनाएर उत्पादनमा जोडिन मिल्ने निर्णय भएको प्रवक्ता खतिवडाले बताए ।
नेपालमा परीक्षणको दायरा बढाउँदा धमाधम संक्रमित बढीरहेका छन् । २ जनाको मृत्यु भएको छ भने २ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना महामारीबाट बच्न लकडाउनको नीति लिईएको आज ५६ औँ दिन पूरा भएको छ ।
आज मात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि
आइतवार बिहान राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै रौतहट इशनाथ नगरपालिका निवासी ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
त्यस्तै आज बेलुका नै स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारीका अनुसार विराटनगरकी २९ वर्षीया महिला र ३६ वर्षका पुरुष तथा धनकुटाकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ सय ९५ पुगेको छ । हालसम्म कोरोना उपचारपछि निको भएर ३६ जना घर फर्किएका छन् भने २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
गृहमन्त्रालयले गत बिहीवारको बैठकमा नै सबै किसीमका पास खारेजी तथा अन्तरजिल्ला र जिल्लाभित्रैको आवागमनमा कडाई गर्ने निर्णय गरिसकेको छ ।
‘डाटा लीक’ भएपछि नयाँ खुलासा !, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित
कोरोनाको नयाँ लक्षण देखिए पछि ‘डब्ल्युएचओ’ले दियो चेतावनी, के हो नयाँ लक्षण ?
कोरोना महामारीकाबीच बालबालिकामाथि अर्को खतरा १ डाक्टरहरु नै अन्योलमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया