काठमाडौं । सरकारले नागरिकलाई कोरोनाबाट बचाउन रोगप्रतिरोधात्मक क्षमता बढाउने भएको छ । यसका लागि मन्त्रिपरिषद् बैठककमा छलफल नै भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले जटिबुटी र आयुर्वेदका औषधि निकै फाइदाजनक हुने भन्दै यसको प्रयोगमा नागरिकलाई प्रेरित गर्नुपर्ने बताएका थिए ।
बैठकपछि सरकारका प्रवक्ता डा युवराज खतिवडाले पनि नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउने विषयमा छलफल भएको बताए ।
‘क्वारेन्टाइनमा रहँदा होस् या बाहिर रहँदा होस् हामी सबै नागरिकहरुको रोग प्रतिरोधात्मक क्षमताहरु बढाउनु पर्छ भन्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘प्रतिरोधात्मक क्षमता बढाउनका लागि हाम्रा जडिबुटीजन्य अथवा औषधिजन्य जतिपनि बस्तुहरु छन्, त्यसमा अलिकति हामीले जनचेतना बढाउने, उपभोग गर्ने बानी पनि विकास गर्ने, व्यायाम गर्ने बानी विकास गर्ने । सरकारी निकाय जसले यस्ता औषधि उत्पादन गर्नुहुन्छ उहाँहरुलाई पनि प्रोत्साहन गर्ने ।’
उनले नागरिकको जीवनशैलीलाई परिवर्तन गर्नलाई जनचेतना फैलाउने तथा यो सबै काम गर्नका लागि जनप्रतिनिधिदेखि नागरिकसमाजका प्रतिनिधिसम्म लाग्नुपर्ने निष्कर्ष निकालिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया