टोल प्रवेश निषेध गरे कारवाही, स्वास्थ्यकर्मीको सवालमा गृहको यस्तो आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । गृहमन्त्रालयले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दवाव दिने, आवगमनका क्रममा दुर्व्यवहार गर्नेजस्ता कार्य भएको भन्दै त्यस्ता क्रियाकलापमा संलग्नमाथि कडा कारबाही हुने जनाएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सतर्कताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा बाधा गर्ने, कोठाबाट निकाल्ने जस्ता अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले सबै मिलेर रोग परास्त गर्नुपर्नेमा एकअर्कालाई निषेध गर्ने नीति राम्रो नभ्एको भन्दै काममा बाधा पुर्याउने तथा अमानवीय कार्यगर्ने जोकसैलाई कानुन बमोजिम कडा कारबाही हुनेतर्फ सचेत समेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?