‘एमसीसी’बारे नेकपामा फेरी शुरु भयो बबन्डर, झलनाथ र भीम रावलले बुझाए ओलीलाई पत्र

काठमाडौं । एमसीसीको विषय सरकारको नीति तथा कार्यक्रममा घुसाएपछि नेकपामा फेरी बबन्डर शुरु भएको छ ।

एमसीसीको विषयमा नेकपाभित्र चर्को विवाद रहेको छ भने सो बारे नेकपाले झलनाथ खनालको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

भीम रावल समेत रहेको कार्यदलले एमसीसी राष्ट्रको हितमा नरहेको उल्लेख थियो ।

तर सो विपरित नीति तथा कार्यक्रममा एमसीसी घुसाइएको भन्दै खनाल र रावलले प्रधानमन्त्रीलाई पत्र लेख्दै ध्यानाकर्षण गराएका छन् ।

‘७७ साल जेठ २ गते संघीय संसदमा प्रश्तुत नेपाल सरकारको नीति तथा
कार्यक्रमको बुँदा नं. २११ मा “लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–वुटवल ४ सय के.भी. प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ” भनि नेपाल सरकार र एमसीसीका बीच भएको सम्झौतामा उल्लेखित आयोजना जस्ताको तस्तै उल्लेख गरिएको छ ।

यसले प्रतिनिधिसभामा अनुमोदनको लागि नेपाल सरकारले पेश गरेको उक्त सम्झौताका सम्बन्धमा पार्टीको मार्ग निर्देशन अनुरुप हुनुपर्ने केन्द्रीय कमिटीको निर्देशन विपरीत हुनलागेको त होइन भन्ने आशंका जन्माएको छ ।

अतः उक्त आयोजना नेपाल सरकारले आफ्नै बजेट व्यवस्था गरी सञ्चालन गर्न खोजिएको हो वा जस्केलाबाट एमसीसीसंगको सम्झौतामा उल्लेखित आयोजनालाई अघि बढाउन खोजिएको हो भन्ने सम्बन्धमा प्रधानमन्त्रीको स्थानबाट नै स्पष्ट गर्नु आवश्यक छ’ पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?