काठमाडौं । सोमवार गुल्मीको मदाने गाउँपालिकाका एक पुरुषमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यवस्था ठीक नभएपछि उपचारका लागि यही जेठ १ गते रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएका मदाने– २ का ४१ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
उनको अवस्था थप जटिल बन्दै गएपछि त्यही अस्पतालको आइसियुमा उपचाररत रहेका थिए ।
स्रोतका अनुसार उनी पछिल्लो समय कतै पनि गएका थिएनन् । अस्पतालमा उपचारका क्रममा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिए पछि स्वाब संकलन गरि परीक्षण गरिएको थियो । उनी शिक्षण पेशासँग आवद्ध रहेका थिए र उनले पढाउने विद्यायलमा नै क्वारेन्टाइन निर्माण गरिएको थियो । कहि कतै नगए पनि कोरोना संक्रमण देखिएकाले त्यही क्वारेन्टाइनबाट कोरोना सरेको आशंका गरिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । आजैमात्र नेपालमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने २ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
नेपालमा कोरोना अपडेट स् ३५७ संक्रमितमध्ये आजै थपिए ६२ जना, कुन प्रदेशमा कति ? (विवरणसहित)
नेपालमा आज एकैदिन ६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार आज सोमबार बिहान ९ जना र दिउँसो थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमित संख्या ३ सय ५७ पुगेको छ ।
दिउँसो थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
त्यस्तै सोमवार दिउँसो थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको विवरण अनुसार बाँकेका ४६ जना पुरुष र १ महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरुको भेरी अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।
फेरी थप ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि
त्यस्तै सोमवार दिउसो विराटनगरका १ पुरुष (मोरङको प्रयोगशालामा परीक्षण), गुल्मीका ४१ वर्षीय १ पुरुष (भैरहवाको प्रयोगशालामा परीक्षण) मा कोरोना संक्रमण देखिएको हो । भने धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ गरी ६ जना पुरुषमा काभ्रेको धुलिखेल अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा पहिलो ‘केस’ गत वर्षको माघ ९ मा पुष्टि भएको थियो ।
त्यस यता सुस्त गतिमा थपिएका संक्रमित जेठ महिनामा आईपुग्दा तिव्र दरमा थपिइरहेका छन् । २ जनाको मृत्यु भइसकेको छ । सिन्धुपाल्चोककी एक जना सुत्केरी महिला र बाँके नरैनापुरका एक पुरुषको मृत्यु भएको हो ।
कति भयो परीक्षण ?
नेपालमा पिसीआर विधीबाट हालसम्म ३० हजार ७ सय २३ जनाको परीक्षण गरिएको छ । आरडीटि विधीबाट ६९ हजार ५ सय ६० वटा परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट २ हजार ५ सय ५८ जनामा कोरोना जाँच गरीएको छ ।
यस्तै गत २४ घण्टामा मात्रै आरडीटि विधीबाट टेष्ट गर्दा १ हजार ७ सय ९१ जनामा संक्रमण छ /छैन भनेर जाँच गरिएको छ ।
प्रदेश १ मा ९ हजार २ सय १७, प्रदेश २ मा ६ हजार २२, वाग्मती प्रदेशमा ११ हजार ९ सय २३ गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जना, प्रदेश ५ मा ९ हजार १ सय ३२ जना, कर्णाली प्रदेशमा ७ हजार ५ सय ८० जना र सुदुरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ जनामा कोरोना जाँच गरिएको छ ।
२० हजार ९० जना क्वारेन्टाईनमा
हाल २० हजार ९० जना क्वारेन्टाईनमा छन् । तिमध्ये प्रदेश १ मा १ हजार १ सय ८० जना, प्रदेश २ मा ३ हजार ८० जना, वाग्मती प्रदेशमा २ सय ८५ जना, गण्डकी प्रदेशमा ३९३ जना, प्रदेश ५ मा १२ हजार ८ सय १५ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ३० जना क्वारेन्टाईनमा बसेका छन् ।
आईसोलेसनमा छन्, ४१२ जना
यस्तै आईसोलेसनमा हाल ४१२ जना रहेका छन् । तिमध्ये काठमाडौंम २६ जना र काठमाडौंबाहिर २६ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म ४०५ जना रेड जोनमा परेका छन् । यसको अर्थ संभावित संक्रमित हो । उनीहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार प्रदेश नम्बर १ मा ४० जना, प्रदेश २ मा १३२ जना, वाग्मती प्रदेशमा १८ जना (मृतक १ सहित), गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १५९ जना (मृतक १ सहित), सुदूरपश्चिम प्रदेशमा ५ जना गरी नेपालका कुल संक्रमित देशका विभिन्न ३१ जिल्लाका हुन् । नेपालका संक्रमितमध्ये २९८ जना पुरुष छन् भने, ५९ जना महिला छन् ।
मन्त्रालयका अनुसार नेपालको हालसम्मको विवरण हेर्दा २० देखि ५० वर्ष उमेर समूहमा बढी संक्रमण देखिएको छ ।
धनुषा, रौतहट, दाङ र धादिङका ४ पुरुषमा कोरोना संक्रमण
काभ्रेको धुलिखेलस्थित प्रयोगशालमा गरिएको परीक्षणमा धनुषा, रौतहट, दाङ र धादिङका ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा यो समाचार तयार पार्दासम्म जम्मा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ भने २ जनाको मृत्यु भईसकेको छ र ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
ति मध्ये २९८ पुरुष र ५९ जना महिला रहेका छन् ।
गुल्मिमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
गुल्मिमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार गुल्मिका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भैरहवाको प्रयोगशालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
धादिङका थप एक जनामा कोरोना संक्रमण पुष्टि
धादिङका थप एक पुरुषमा कोरोना संक्रमण भएको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार धादिङका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।धुलिखेल अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि काठमाडौं सतुंगल बस्ने धादिङ गल्छी गाउँपालिकाको महिलामा कोरोना पुष्टि भएको थियो । उनी अस्पतालमा उपचाररत छिन् ।
नेपालका ३१ जिल्लामा फैलियो कोरोना
नेपालका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १ नयाँ जिल्ला (गुल्मि) मा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालका ७७ मध्ये ३१ जिल्लमा कोरोना संक्रमण फैलिएको हो ।
सोमवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आज बाँके, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा कोरोनाभाइरसका संक्रमित थपिएका हुन्।उनीहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेको मन्त्रालयले बताएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूको स्थायी ठेगाना र हालको ठेगाना अनुसारको कन्ट्याक्ट ट्रसिङ गर्ने काम भइरहेको छ।आज बाँकेमा ४६ पुरुष र एक महिला गरि जम्मा ४७ जनामा कोरोनाभाइरसको पुष्टि भएको छ।
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १र१ जना गरी ६ जनामा पनि सोमवार नै कोरोना संक्रमण पुष्टि भएको हो ।तराईका सुनसरीबाहेक सबै जिल्लामा कोरोनाभाइरसका संक्रमण देखिएको छ भने पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, वाग्लुङ र गुल्मीमा कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया