काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सरकारी निवास वालुवाटारमा बैठक बोलाइएको हो।
कोरोना महामारीको विषयमा थप छलफल गर्न बैठक बोलाईएको बालुवाटार स्रोतले बतायो ।
आजको बैठकमा कोरोना संक्रमणको अवस्था, बढ्दो संक्रमित संख्या, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने, सीमामा अलपत्र नागरिक लगायतका विषयमा छलफल हुने बताइएको छ।
यसैबीच हिजो आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्म लकडाउन लब्याउने निर्णय गरेको थियो। आज लकडाउनको ५६ औँ दिन हो । नेपालमा जतिसक्दो छिटो उद्धार गरिपाउँ भनेर वैदेशिक रोजगारीमा गएकाहरुले सामाजिक सञ्जालमार्फत् आर्तनाद पोखिरहेका छन् ।
हिजोको बैठकमा विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा छलफल पनि भएको थियो। युएईले यसअघि नै नेपालमासू अप्ठेरो प्रस्ताव राखेको थियो ।
प्रधानमन्त्रीले भोलि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया