मधुमेह मेटाबोलिक बिमारको एक समूह हो । जसमा व्यक्तिको रगतमा ग्लूकोज (रक्त चिनी) को स्तर सामान्यदेखि धेरै हुन्छ । यस्तो तब हुन्छ, जब शरीरमा इन्सुलिन ठीकसँग हुँदैन । अथवा शरीरका कोशिकाले ठीक तरिकाले इन्सुलिन नदिँदा पनि मधुमेह हुने गर्छ जसलाई ब्लड प्रेसर सामान्यदेखि बढी हुन्छ, त्यस्ता बिरामीलाई पोलीयुरिया (बारम्बार पिसाब लाग्ने) को समस्या हुन्छ । त्यस्तै बिरामीलाई तिर्खा र भोक पनि अत्यधिक लाग्छ उचित व्यायाम, आहार र शरीरको वजनलाई नियन्त्रणमा राख्ने हो भने मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । यदि मधुमेहलाई ठीकसँग नियन्त्रणमा राख्न सकिएन भने शरीरका विभिन्न भागमा समस्या देखिन थाल्छ मधुमेहका कारणःगतिहीन जीवनशैली, अत्यधिक जंक फूटको प्रयोग, जस्तो पायो त्यस्तै पेय पदार्थको सेवन र खानाको गलत आदत मधुमेहको कारण बन्छ । त्यस्तै घण्टौंसम्म लगातर बस्नु पनि मधुमेह हुने कारण बन्न सक्छ त्यस्तै सामान्यदेखि धेरै मोटो हुनु पनि मधुमेहको कारण बन्छ । यदि व्यक्ति शारीरिक रुपमा सक्रिय छैन तर मोाटोपनको शिकार भएको छ भने उसमा पनि मधुमेह हुने सम्भावना हुन्छ । धेरै तौलले हर्मोनको उत्पादनमा बाधा पैदा गर्छ त्यस्तै जीन एवम् वंशानुतगत् गुणले पनि मधुमेह हुने सम्भावना हुन्छ । जसको परिवारमा मधुमेह थियो, उनीबाट पनि परिवारलाई यो रोग सर्ने सम्भावना अत्यधिक हुन्छ यस्ता छन् बच्ने उपायनियमित व्यायामः गतिहीन जीवनशैली मधुमेहको मुख्य कारणमा एक हो । सधै दिनमा कम्तिमा ३० देखि ४० मिनेट व्यायाम ग–यो भने मधुमेहबाट बच्न सकिन्छ सन्तुलित आहारः सही समयमा सही आहार जस्तो कि, फलफुल, सागपात, अन्नको सेवन गर्दा फाइदा पुग्छ । लामो समयसम्म खाली पेट रहनु पनि घाटाको कुरा हो वजनमा नियन्त्रण गर्नुस्ः उचित आहारमा नियमित व्यायाम गरेर आफ्नो तौल सुरक्षित राख्न सकिन्छ । कम तौल हुँदा मधुमेह हुने सम्भावना कम हुन्छ प्रयाप्त निद्राः सधै सात–आठ घण्टा सुत्नु हाम्रा लागि अनिवार्य जस्तो छ । तर अहिलेको व्यस्त जिन्दगीमा धेरैको निद्रा पुग्न पाउँदैन । धेरै रातिसम्म जाग्ने र धेरै ढिला उठ्ने मान्छेलाई मधुमेह र रक्तचाप हुन सक्छ तनावबा बच्नुस्ः तनाव आजभोलि जसलाई पनि भएकै हुन्छ । मनोरञ्जन एवम् सामाजिक गतिविधिद्वारा आफ्नो ननावलाई कम गर्ने कोशिश गर्नुस् । साथै तनावको बेलामा चुरोट पिउँदा पनि मधुमेहको सम्भावना हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया