नयाँ नक्सामा लिपुलेक क्षेत्रबाहेक अन्तर्राष्ट्रिय सीमाहरु यथावत

काठमाडौं । सरकारले नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको र अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेको बताएको छ ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले भने ‘‘लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । संघीयता अनुरुपका प्रदेश र स्थानीय तहहरु समेटिएका छन् । अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेका छन् ।’’

निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा उद्यावधिक नक्सा नै प्रयोग हुने उनले बताए ।

यसअघि भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्यिाधुरा समेटेको थियो । पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि त्यसको चर्को विरोध भएको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नयाँ नक्सा स्वीकृत गरेको हो ।

अर्थमन्त्री समेत रहेका प्रवक्ता खतिवडाले निश्चित समयमै आगामी आर्थिक वर्षको बजेट आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?