साउदीमा कोरोनाको कारण ४ नेपालीको मृत्यु

काठमाडौं । खाडी मुलुक मध्य साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) कारण ४ नेपालीले ज्यान गुमाएका छन्।

पछिल्लो तथ्याङ्क अनुसार साउदीमा कोरोना संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । जसमा ११ जना महिला र अन्य पुरुष नेपाली कोरोना संक्रमित भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो ।भने मृत्यु हुनेको विवरण दुतावासले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन।कोरोनाबाट संक्रमण हुने यति धेरै नेपाली संख्या खाडीको पोहिलो मुलुक साउदी अरब बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?