गुल्मीमा कोरोना संक्रमण देखिएसँगै त्रास, मदाने गाउँपालिकाले निकाल्यो यस्तो सूचना

काठमाडौं । गुल्मीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको छ । मदाने गाउँपालिका निवासी ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

गत जेठ १ गते स्वास्थमा समस्या आई क्रिमशन हस्पिटल रुपन्देही बुटवलमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण देखिएको हो । उनमा कोरोना संक्रमण देखिएसँगै गाउँमा त्रास फैलिएको छ ।

कोरोना जोखिम थप नहोस भन्नका लागि गाउँपालिकाले संक्रमितको घर, उनले यसअघि उपचार गराएको पोलिक्निक सील गर्ने निर्णय गरेको छ ।

उक्त गाउँपालिकामा विदेशबाट आएका अन्य मानिसहरुको समेत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेभिट आएको थियो । तर गाउँबाट कतैपनि टाढा नगएका उनलाई कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?