नेपालमा एकैदिन देखियो ८० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन ८० जनामा कोरोना संक्रमण देखिएको छ ।

सोमवार बिहान ९ जना, दिउँसो ५३ जना र बेलुका १८ गरि नेपालमा एकैदिन ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिले थपिएका संक्रमितहरु धनुषा निवासी २ पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँके नरैनापुर निवासी १२ पुरुष, दैलेख आठबिस १ निवासी १ पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोमवार बिहान कोरोना संक्रमण पुष्टि हुनेमा रौतहट इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहट माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । भने बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोमवार दिउँसो थप ५३ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको विवरण अनुसार बाँकेका ४६ जना पुरुष र १ महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुको भेरी अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

त्यस्तै सोमवार दिउँसो विराटनगरका १ पुरुष (मोरङको प्रयोगशालामा परीक्षण), गुल्मीका ४१ वर्षीय १ पुरुष (भैरहवाको प्रयोगशालामा परीक्षण) मा कोरोना संक्रमण देखिएको हो । भने धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ गरी ६ जना पुरुषमा काभ्रेको धुलिखेल अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । नेपालमा हालसम्म कोरोनाको कारण २ जनाले ज्यान गुमाइसकेका छन् । भने ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?