प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने, नयाँ नक्साको विषय पनि जानकारी गराउने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

मध्यान्ह १२ बजे बस्ने संसदको बैठकमा प्रधनमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

यसअघि हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गरेको नयाँ नक्सा जारी गर्ने सम्बन्धमा निर्णय पनि सम्बोधनका क्रममा प्रधानमन्त्रीले जानकारी गराउनेछन् ।

बैठकमा प्रधनमन्त्रीले मंगलवार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिएपछि प्रतिनिधि सभाको बैठकमा संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसपछि राष्ट्रपतिबाट प्रस्त्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको सयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?