भारतबाट आएको कोरोना कडा पर्‍यो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा भएको बताएका छन् । मंगलवार नीति तथा कार्यक्रमको विषयमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

अन्य देशमा आएका देशबाट आएका संक्रमितहरु छिट्टै निको भएको तर भारतबाट आउनेको संख्या ह्वात्तै बढेका कारण नेपालमा कोरोना संक्रमण बढेको बताएका छन् ।

सरकारले घोषणा जारी लकडाउका बेला लुकिछिपी नेपाल प्रवेश गरेको र समाजसँग मिलेर बस्ने कुराले नेपालमा कोरोना संक्रमण देखिएको बताए ।

साथै यस अवस्थामा पनि कोरोनासँग लड्न भन्दा पनि सरकारको असफलता देखाउन खोज्नेहरु प्रति आक्रोश व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?