काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी गुमाएको कारण आम्दानी नभएका कारण आम्दानी गुमाएकाहरुको सरकारले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मंगलवार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निम्न आय भएका व्यक्तिहरुको सम्बन्धमा प्याकेज नल्याइएको भन्ने विषयमा प्रमुख प्रतिपक्षदल लगायत अन्य दलले असन्तुष्टि जनाएका थिए ।
संसदमा नीति तथा कार्यक्रमका विषयमा उठेका विषयमा जवाफ दिँदै त्यस्ता वर्गलाई प्याकेज मात्र नभएर रोजगारीको व्यवस्था सरकारले गर्ने बताए ।
सम्बोधनका क्रममा शारीरिक अपाङता तथा अशक्त व्यम्तिहरु जो काम शारीरिक श्रम गर्न सक्दैनन् त्यस्ता व्यक्तिहरुको जिम्मा सरकारले लिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । साथै उनीहरुको प्रवन्ध गर्न सरकार लागिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया