काठमाडौं । अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडर्नाले ‘भ्याक्सिनको सेफ्टी ट्रायलमा भाग लिएका शुरुका ८ व्यक्तिको शरीरमा कोरोनाभाइरस मार्ने एन्टिबडी पाइएको’ दाबी गरेको छ ।
एक अमरिकी कम्पनीको अनुसन्धानमा एउटा भ्याक्सीन कोरोना भाइरससँग लड्नका लागि मानिसहरुको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई प्रशिक्षित गर्न सक्ने संकेत भेटिएको हो ।
साथै, अनुसन्धानमा संलग्न व्यक्तिहरुमा प्रतिरक्षा प्रतिक्रिया वास्तविक रुपमा कोभिड–१९ द्वारा संक्रमित व्यक्तिहरुमा जति थियो त्यति नै भएको पनि बताइएको छ ।
यो औषधि कोरोनाको संक्रमणबाट बच्न कति प्रभावकारी हुन्छ भन्ने जवाफ खोज्न जुलाईमा ठूलो स्तरमा यसको ट्रायल शुरु हुने आशा गरिएको छ ।
कोभिड–१९ लाई रोक्नका लागि विश्वभरी यसको भ्याक्सीनमाथि अभूतपूर्व गतिमा काम भइरहेको छ ।
संसारभरीका लगभग ८० वटा समूहले अहिले कोरोना भाइरसको भ्याक्सीन विकसित गर्नमा काम गरिरहेका छन् ।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया