काठमाडौं । चीनकी चर्चित लेखिकाको एक डायरी अहिले चर्चामा रहेको छ ।
यस डायरी फेन्ग फन्गले जनावरीमा चीनको वुहानमा फैलिएको कोरोना भाइरसको घटनाक्रमहरु उल्लेख गरेकी छन् ।
६५ वर्षीया फन्गको वुहान डायरी अत्याधिक मन पराइएको छ । साथै उनको चर्चा पनि धेरै बढेको छ ।
यस वर्षको शुरुवातमा वुहान पुरै लकडाउनको स्थितीमा प्रवेश गर्ने विश्वकै पहिलो स्थान बनेको थियो ।
त्यो बेला थोरै क्षेत्रमा मात्र कोरोनाको प्रकोप थियो । तर अहिले कोरोनाको प्रकोप विश्वव्यापी रुपमा फैलिएको छ ।
वुहान शहरलाई त्यो बेला चीन मात्रै होइन, विश्वका अन्य देशहरुले पनि घृणाको दृष्टिले हेरेका थिए ।
लकडाउन जब बढ्दै जान थाल्यो तब फेन्ग फन्गको चर्चा पनि चुलिँदै गयो ।
प्रकाशकहरुले त्यो बेला घोषणा गरेका थिए कि, फन्गको डायरीलाई विभिन्न भाषामा प्रकाशित गर्ने बताएका थिए । तर फन्गको बढ्दो अन्तर्राष्ट्रिय पहिचानलाई चीनले फरक तरिकाले हेर्न थाल्यो । उनको रिपोर्टिङबाट चीनका धेरै नागरिकहरु रुष्टा भए, त्यति मात्रै होइन, उनलाई कतिले त देशद्रोही समेत भन्न छोडेनन् ।
के छ डायरीमा ?
फेन्ग फन्गले वुहान डायरीमा लकडाउनका बेलामा त्यहाँको अवस्थाका बारेमा तस्वीर सहित पेश गरेकी छन् ।
उनले त्यहाँ शुरुवातमा संक्रमण फैलिँदाको माहोल र फैलिसकेपछिको अवस्थाको घटनाक्रमका बारेमा लेखेकी छन् ।
डायरीमा उनले मानिसहरुको विभिन्न समस्या र उनीहरुका दैनिक आवश्यक परेका कुराहरुको बारेमा स्पष्ट पारेकी छन् ।
यस डायरीमा उनले चीनमा कोरोनाबाट लड्नको लागि अपनाएको तरिकाको बारेमा उल्लेख गरिएको छ ।
यसमा केहि भागहरु चीनको सरकारले मानिसहरुमा गरेको अमानवीय व्यवहार पनि लेखिएको छ । वुहानमा कोरोना भाइरसको समयमा त्यहाँको प्रशासनको काम गर्ने तरिकालाई लिएर डायरीमा विस्तृत रुपमा लेखिएको छ ।
यस डायरीमा कितावको रुप दिनको लागि कम्पनी अगाडि सरेको छ । न्युयोर्क टाइम्सका अनुसार लेखिकाको साहसको प्रशंसा गरिएको छ ।
वास्तविकता यो हो कि, चीन सरकारको आलोचना गर्नु देशद्रोहको रुपमा हेर्ने गरिन्छ । मानिसहरुले त्यस्ता व्यक्तिलाई अत्याधिक आलोचना गर्दछन् ।
यस्तोमा लेखिकाद्वारा लेखिएको डायरीलाई लिएर केहि मानिसहरुले आपत्ति जनाएका छन् ।
यसैबीच कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा ३ लाख २० हजार ३७१ जनाको मृत्यु भईसकेको छ भने ४९ लाख ५ हजार ८८४ जनालाई संक्रमण भएको छ । त्यस्तै १९ लाख १६ हजार ३९० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया