हेर्नुहोस् २०७७ साल जेठ ७ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ ०७ गते । बुधवार । इ.स.२०२० मे २० तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण ।

ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । जेष्ठ कृष्णपक्ष । तिथी– त्रयोदशी,१९ बजेर ५८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– अश्विनी,२३ बजेर १२ मिनेट उप्रान्त भरुणी ।

योग आयुष्मान,०६ बजेर १९ मिनेट उप्रान्त सौभाग्य । करण– गर,०७ बजेर ०१ मिनेट उप्रान्त वणिज,१९ बजेर ५८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ६ बजेर १४ मिनेटमा, सूर्यास्त १८ बजेर ४७ मिनेटमा । दिनमान ३३ घडी ५३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ प्रविधी तथा सामाजिक सञ्जालको प्रयोग मार्फत वौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेको छ ।

भौतिक सम्पत्तीको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित पार्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढ्ने योग रहेको छ ।

काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । विभिन्न कारणले अध्ययनमा समय दिन सकिने छैन । आफन्त तथा अग्रजहरुसँग राय बाजिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

ईमान्दार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ ।

पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरीने कामबाट मनग्गे फाईदा हुनेछ ।

कीर्तिमानी काम गरी नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि आम्दानी गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैलि व्यस्त रहेपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्ला ।

पढाई लेखाईमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका तथा अविश्वास बढ्नेछ । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हाबी हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

काम गर्ने विभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला । प्रेममा अविश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ ।

आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफैँ किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरु भन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ ।

प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यतित हुनेछ । पछि लाभ हुने काम शुरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाई लेखाईमा आफ्नै कारणले कमजोरि गरेको भान हुनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग रहे पनि टरेर जानेछ । तर पनि मिहेनत गर्दा ईज्जत प्रतिष्ठामा वृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ ।

प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाड हुनेछ ।

प्रविधिको प्रयोग गरि अध्ययन गर्न सकिनेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा आर्थिक अवस्था कमजोर हुनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बोल्ने कुरामा ध्यान नजाँदा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रका कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् ।

खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । कुटुम्व तथा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनेछ । प्रेममा अविस्वास सिर्जना हुनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?