काठमाडौं । राष्ट्रिय सूचना आयोगले कोरोनाभाइरस संक्रमित वा मृतक व्यक्तिको बारेमा स्पष्ट विवरण खुलाउन निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै आयोगले स्पष्ट पार्न निर्देशन दिएको छ ।
आयोगले कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यस्ता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोवास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक फरक हुन सक्ने भन्दै एउटा मात्र स्थानका वारेमा उल्लेख गर्दा अन्योलता सिर्जना गरेकाले सबै विवरण (ठेगाना) खुलाउन निर्देशन दिएको हो । हाल मन्त्रालयले कोरोना संक्रमितको अस्पष्ट ठेगाना सार्वजनिक गर्दै आएको छ ।
आयोगले मंगलबार भनेको छ, ‘कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यस्ता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोवास गरिरहेको स्थान वा संक्रमण हुंदाको स्थान फरक फरक हुन सक्दछ र एउटा मात्र स्थानका वारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता भएको पाइएको छ ।
तसर्थ यसरी प्रवाह भैरहेको सूचनामा थप स्पष्ट गराई सर्वसाधारणमा सृजना भएको अन्यौल हटाउन आवश्यक देखिन्छ’ आयोगले मन्त्रालयलाई भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया