काठमाडौं । प्रदेश नम्बर ५ मा दोश्रो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका संक्रमित ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेले बताएका छन् ।
गम्भीर अवस्थामा भेज्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान मृत्यु भएको हो ।
अस्पतालले पनि उनको मृत्यु भएको भन्दै केहीबेरमा औपचारिक रुपमा विज्ञिप्तमार्फत जानकारी दिने बताएको छ ।
उनको शव भेन्टिलेटरबाट निकाल्न परिवारले स्विकृति पनि दिएको अध्यक्ष पाण्डेले लोकपथलाई बताएका छन् । साथै उनको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया