इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध मुद्दा चलाउन सिफारिश

तेल अभिभ, २ फागुन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि घुुस खुवाएको, जालसाजी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा चलाउन प्रहरीले महान्यायाधिवक्तालाई सिफारिश गरेको छ आफ्ना सम्पन्न साथीहरूबाट महँगा उपहार पाएपछि नेतन्याहुले उनीहरूसँग विशेष सम्बन्ध राखेको प्रमाण आफूहरूसँग रहेको प्रहरीको भनाई छ । सञ्चारमाध्यममा आफूसँग जोडिएका समाचार ल्याउनसमेत घुस खुवाएको आरोप उनीमाथि लागेको छ इजरायली टेलिभिजनमा बोल्दै नेतन्याहुले आफूविरूद्धका आरोपहरूको खण्डन गर्दै आफूविरूद्धको मुद्दाबाट केही हासिल नहुने दावी गरेका छन् । प्रहरीले महान्यायधिवक्ता समक्ष नेतन्याहुमाथि अभियोग दायर गरी मुद्दा चलाउन सिफारिश गरेको थियो इजरायली महान्यायधिवक्ताले अब प्रहरीको सिफारिश अनुसार देशका बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउने कि प्रहरीको अनुसन्धानले फेला पारेका निष्कर्षलाई अस्वीकार गर्दै मुद्दा खारेज गरिदिने भन्ने निर्णय लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?