कोपनहेगन, २ फागुन । डेनमार्ककी महारानी मार्गरेटा द्वितीयाका श्रीमान हेनरिकको निधन भएको छ ८३ वर्षीय राजकुमार हेनरिकलाई अन्तिम दिनहरू बिताउन अस्पतालबाट कोपेनहेगनस्थित फ्रेडेन्सबर्ग राजदरबारमा सारिएको थियो दरबारका एकजना प्रवक्ताले राजकुमार हेनरिकको निधन हुनुअघि उनको छेउमा महारानी, दुई छोरा र कान्छा युवराज फ्रेडेरिक रहेको बताएका छन् अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका सदस्य समेत रहेका कान्छा युवराज फ्रेडेरिक शीतकालीन ओलिम्पिकमा सहभागी भएर दक्षिण कोरियाको प्योङचाङबाट हालै कोपनहेगन फर्किएका हुन् राजकुमार हेनरिकको डिमेन्सिया भनिने बिर्सने रोगको उपचार गरिएको थियो । पछिल्लो समय फोक्सोमा संक्रमण भएपछि गम्भीर बनेका उनको निधन भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया