काठमाडौं । संविधानविद् डा. भिमार्जन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली लगायत उनको टिमलाई धन्यवाद दिएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमी समेटिएको नक्सा जारी गरेकोमा धन्यवाद व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै आफ्ना कतिपय कुरालाई गफमै उडाउने बानी भएपनि राष्ट्रियताको विषयमा देखाएको आँटप्रति प्रशंसा गरेका छन् ।
उनले भने, “आफ्ना कतिपय प्रतिज्ञालाई गफमै उडाउने बानीले गर्दा यसपटक पनि गफै हुन्छ कि भन्ने थियो, तर वहाँले आँट गर्नु भयो । यसका लागि प्रधानमन्त्री ओली र वहाँको सबै टिम धन्यवादको पात्र छ।”
साथै भारतलाई सधै मालिक ठान्ने राजनीतिक मानसिकता हाबी रहेको समयमा भारतसँग मुख खोलेर प्रतिवाद गर्ने आँट देखाएको प्रति प्रशंसा समेत गरेका छन् । प्रधानमन्त्रीको यो कदमप्रति सबैले सहयोग गर्ने र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
“भारतलाई मालिक ठान्ने दुर्बल राजनीतिक मानसिकता हाबी रहेको समयमा उसँग मुख लागेर कुरा गर्नु र जबाफ दिन सक्नु पनि ठूलो कुरा हो। यो कार्यमा मुलुक चाहने सबैको साथ र सहयोग छ र रहिरहने छ ।” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया