काठमाडौं । कोरोना संक्रमण बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरबाट उपत्यका प्रवेश गर्ने सबै नाका सील गरिएको छ ।
गृह मन्त्रालयले जोखिम बढेको भन्दै नाका बन्द गर्ने निर्णयसहित स्थानीय सरकारलाई परिपत्र पठाएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
उक्त बैठकमा काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरु सील गर्न गृहमन्त्री थापाले निर्देशन दिएका थिए ।
बुधबार उपत्यकाभित्रका स्थानीय तहहरूलाई पठाएको छ बुँदे परिपत्रमा अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा रोक लगाउने उल्लेख गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अत्यावश्यक कामहरु बाहेक उपत्यका प्रवेश गर्ने साथै सबैलाई आगमनमा नै रोक्नेका लागि उक्त नियम लागू गरिएको हो ।
एकातिर काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ । भने अर्काेतिर मानिसहरु छुकिछिपी प्रवेश गरिरहेका छन् । त्यसकारण पनि गृहले स्थानीय तहसँगको सहकार्यमा उक्त निर्णय गरेको जनाएको छ ।
साथै कुनै कामले काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न परे आफ्नै खर्चमा आरडिटी परीक्षण गरी रिपोर्ट देखाउनु पर्ने पनि गृह मन्त्रालयले जनाएको छ ।
गृहको परिपत्रमा भनिएको छ। ‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सोको रिपोर्टसाथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने’ ।
तर यदि कोही व्यक्ति लुकीछिपी प्रवेश गरेको रहेछ भने उनीहरुलाई खोजी खोजी कारवाही गर्नपनि गृहले स्थानीय तहलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया