काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट स्वास्थ्य लाभ गरी बुधबार ४ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् ।
४ जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको स्पताल निर्देशक डाक्टर सागर राजभण्डारीले बताए । टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब १ जनामात्रै रहेको भण्डरीले बताए ।
४ जनाकोरोना भाइसरमुक्त हुने मध्ये एक जना आरोग्य फाउन्डेशनकी कर्मचारी पनि हुन् । फाउन्डेशनकी ती कर्मचारी कर्मचारीलाई वैशाख ३१ गते कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । योसँगै हालसम्म नेपालका विभिन्न अस्तालबाट स्वास्थ्य लाभ गरी डिस्चार्ज हुनेको संख्या ४९ जना पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया