काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँग नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका कोरोना संक्रमितहरु नवलपरासी –बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया महिला, कपिलवस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष तथा ८ वर्षीया बालिका रहेका छन् ।
त्यस्तै सर्लाही गोडैता नगरपालिका ८,९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी वर्ष २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ का पुरुष र १८ वर्षीया महिला रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया