नवलपरासी पूर्वका एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संत्र,मण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको दिएको जानकारीका अनुसार भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नवलपरासी पूर्वमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

आज ३० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ भने ४९ जना उपचार पछि निको भएका छन् । त्यस्तै ३ जनाको मृत्यु भईसकेको छ ।

Image may contain: text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?