चितवनमा ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना पुष्टि

काठमाडौं । चितवनमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुर महानगरपालिका ६ केशरबाघ चितवन निवासी वर्ष ७४ का एक पुरुष र ७३ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

आज ३० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ भने ४९ जना उपचार पछि निको भएका छन् । त्यस्तै ३ जनाको मृत्यु भईसकेको छ ।

Image may contain: text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?