प्योङयाङ, २ फागुन । उत्तर कोरियाका नेता किम जोङ उनलाई संसारको ध्यान आफूतिर खिच्नका लागि मिसाइल चलाइरहनुपर्दैन उनीसँग अन्य केही यस्ता शक्तिशाली हतियार छन् । यी हतियार मेशिन नभएर उनका महिला दूत हुन्, यी दूतको त्यति नै चर्चा हुन्छ, जति उनका मिसाइलको चर्चा हुने गर्छ यसमा यतिबेला उनकी बहिनी किम यो–जोङको चर्चा सबैभन्दा बढी भइरहेको छ । किमले दक्षिण कोरियाका दर्शकको ध्यान आफूतर्फ खिच्न सफल भइन् । उनी आफ्ना दाजुको सन्देश लिएर दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लु हाउसमा जाँदा उनका अघि टिभीहरु घुम्न बाध्य भए अमेरिकाले लगाएको प्रतिबन्धका बाबजुद टिभी च्यानलहरु किम यो जोङका चम्किला कपडा, उनको कपाल र उनको व्यक्तित्वको बयान गरिरहेका थिए जब उनी दक्षिण कोरियाको प्योङचाङमा भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी भए । त्यसबेला दर्शकको गर्दन र मोबाइल किमतर्फ फर्किए ।‘एउटा रहस्यमयी देशको मानवीय चेहरा प्रस्तुत भएपछि म रंगशालाको भीडमा सामेल भएर हेरेको हेरै भए’, एक युवाले भने, ‘उनी चमत्कार र आश्चर्यचकित पार्ने खालकी महिला हुन् । मैले उत्तर कोरियाली यी नेतृलाई यसअघि देखेको थिइन ।’उनी प्योङचाङमा आफ्ना दाजुको छबी चम्काउनका लागि प्योङचाङ आएकी थिइन् । उनी मिडियामा आफ्नो देशको छवि बदल्न सफल भइन् । समाचार एजेन्सी एपीका प्योङयाङ ब्युरो प्रमुख जीन ली भन्छन्, ‘दक्षिण कोरियालीका लागि यो एक असामान्य घटना थियो ।’जीन ली भन्छन्, ‘उनले सबैभन्दा सुन्दर महिलालाई दक्षिण कोरिया पठाए । तपाई उत्तर कोरिया जानुहुन्छ भने यस्तै सुन्दर महिलाले तपाईलाई स्वागत गर्ने छन् । उनले उत्तर कोरिया र यहाँका जनता यति खराब नभएको सन्देश दिएका छन् ।’छवि बदल्ने काम केही दिन अघि सुरु भएको थियो, जब उत्तर कोरियाली महिला ब्याण्ड दक्षिण कोरियाको राजधानी सोल पुगेको थियो । उत्तर कोरियाकी ‘आर्मी अफ ब्युटी’ दक्षिण कोरिया पुग्दा सुन्दरता हेर्ने दक्षिण कोरियाली जनताको ध्यान आफूतिर तान्न सफल भइन् उत्तर कोरियाका चियरलिडर समूहका पूर्व सदस्य हेन सो हेले भनिन्, ‘हामी सँग उत्तर कोरिया एक समाजवादी आत्मनिर्भर देश हो भन्ने प्रदर्शित होस् भन्ने किमको चाहाना थियो । यो विश्वास थियो कि हामी दुश्मनको दिलमा उत्रन जाँदैछौं र हामी स्वाभिमानी छौं भनेर देखाउन थियो ।’हेन सो हेले आफ्ना भाईलाई देश निकाला गरिएपछि उत्तर कोरिया छाड्नु परेको थियो । यदि त्यहाँ बसेको भए उनको परिवारले जेलमा जीवन बिताउनु पर्ने थियो । हेन सो हे दक्षिण कोरियामा स्वतन्त्रतापूर्वक बसिरहेकी छन् उनी उत्तर कोरियामा तालिम लिदाका दिन सम्झदै भन्छिन्, ‘हामीलाई भनिन्थ्यो कि तपाई अर्को देशमा आफ्नो देश र आफ्नो नेता जनरल किमको मान सम्मान बढाउन जादै हुनुहुन्छ । मेरी साथीले देश नभुलियोस भनेर सुटकेसमा आफ्नो देशको माटो र किम जोङ उनका बाबु किम जोङ इलको सानो मुर्ती ल्याएकी थिइन्, त्याे लिएर अाएकी छु ।’प्योङचाङमा आईस हकी म्याचमा दुवै देशबीच साँस्कृतिक अन्तर समेत देखियो । दक्षिण कोरियाका चियर लिडरले छोटो स्कर्ट र बुटमा सेक्सी डान्स गरेको देखियो भने उत्तर कोरियालीको देशभक्तिपूर्ण धुन गुन्जिएको थियो हेन सो–हे २००३ को एक घटनालाई सम्झेर डराउँछिन् । उनी भन्छिन्, ‘जब चियरलिडर दक्षिण कोरिया पुग्दा पानी परिरहेको थियो । एक चियरलिडरको हातमा किम जोङ इलको झण्डा थियो, त्यो पनि भिझेको थियो । सबै चियर लिडर आफ्नो बसबाट उत्रिए र झण्डा बचाउन लागे । दक्षिण कोरियाका मानिसलाई यो अनौठो लाग्यो । उत्तर र दक्षिण कोरियालीमा यो अन्तर छ ।’उत्तर कोरियाको मामलाका जानकार इयान ब्रेमरले ट्विट गर्दै लेखे, ‘उत्तर कोरियाली चियरलिडरले कमाल प्रदर्शन गरे ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया