बैतडीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

काठमाडौं । बैतडीमा पहिलोपटक एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैतडी जिल्ला अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

नेपालमा आज एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५०७ पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म ३ जनाको मृत्यु भईसकेको छ भने ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?