मरेको ३१ घण्टापछि जंगलमा गाडियो गुल्मीका कोरोना संक्रमितको शव

काठमाडौं । कोरोनाका कारण मृत्यु भएका गुल्मीका ४१ वर्षीय पुरुषको शव जंगलमा गाडिएको छ ।

उनको मृत्यु भएको ३१ घण्टापछि नेपाली सेनाको प्राविधिक टोलीले अस्पतालमा रहेको उनको शव शुक्रवार दिउँसो जंगलमा गाडिएको हो ।

बिहीवार नै उनको शव जलाएर व्यवस्थापन गर्ने भनिएपनि स्थानीयहरुको अवरोधपछि रोकिएको थियो ।

विभिन्न ठाँउमा शव व्यवस्थापन गर्नका लागि अवरोध भएपछि बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडिएको प्रहरीले जनाएको छ ।

महामारीको समयमा शव व्यवस्थापन गर्न नदिंदा समाजमा गलत सन्देश जान्छ भनेर प्रहरीले ल्याएको कागजमा हस्ताक्षर गरिदिएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

पारिवारीक स्रोतका अनुसार कोरोना पोजेटिभ देखिएपछि अस्पतालले बिरामीको उपचारै नगरेको हुँदा छानबिन गर्नुपर्ने लगायतका माग यथावत रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?