मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साताको शुरु र अन्त्यको समय मध्यम रहेकोले घरायसि कुरामा आफन्त तथा कुटुम्वसँग विवाद हुन सक्छ ध्यान दिनुहोला ।
व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ ।
आईतवार साँझबाट मंगलवारसम्मको समय राम्रो रहेकोले आफ्नै मिहेनतले राम्रा काम आरम्भ गर्न सकिनेछ ।
लगनशीलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ ।
प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईमा मन जानेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पुराना कमी कमजोरीहरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।
विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।
सोमवारबाट समय मध्यम रहेकोले घरायसी कुरामा आफन्त तथा कुटुम्वसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।
प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला । अध्ययनमा प्रविधिको प्रयोग गर्नुहोला ।
आईतवार साँझबाट समय राम्रो रहेकोले आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ ।
ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ ।
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साताको शुरु र अन्तको समय राम्रो रहेकोले शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । वौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ ।
पढाई लेखाईमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । प्रविधिको उच्चतम् प्रयोग मार्फत लाभ लिन सकिनेछ ।
आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशील तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ ।
विभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
सोमवार र मंगलवारको समय मध्यम रहेकोले व्यक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाडि बढ्नुहोला ।
सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ ।
माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ ।
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
साताको अन्त्य अर्थात बुधवारबाट समय मध्यम रहेकोले समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।
पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाजिनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आईतवार साँझसम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल गर्दा स्वास्थ्यमा समस्या देखिनेछ ।
पुराना समस्या पुनः दोहोरिनाले अलमलमानै समय व्यतित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केहि समयको लागि बिछोड हुन सक्छ ।
पढाई मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला ।
अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला । आईतवार साँझबाट समय राम्रो रहेकोले अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ ।
प्रेम सम्बन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ ।
व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुश्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।
अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला ।
सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्नेछ ।
राजनीतिकर्मिहरुका लागि समय मध्यम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने योग रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साताको शुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
वौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।
औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ ।
सोमवार र मंगलवारको समय मध्यम रहेकोले रहेकोले शरिर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन ।
भौतिक सम्पत्ती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको शुरु र अन्तको समय राम्रो रहेकोले स्रोत साधन जुटाई कामको थालनी गर्न सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ ।
पढाई लेखाईमा गरीएको मिहेनतबाट भनेजस्तो प्राप्ताङक हात पार्न सकिनेछ । राम्रोसँग मेहनेत गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
माया प्रेममा समयले साथ दिनेछ । सोमवारबाट बिहीवारसम्मको समय मध्यम रहेकोले राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।
बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला ।
भौतिक सम्पत्ती तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यतित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साताको शुरु र अन्तको समय मध्यम रहेकोले शरीर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन ।
भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ ।
प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यतावस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।
आईतवार साँझबाट मंगलवारसम्मको समय राम्रो रहेकोले पढाई लेखाईमा सहपाठी हरुलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ ।
पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नीबीच विश्वास बढेर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय मध्यम रहेकोले शरीर स्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन भने पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ ।
भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ ।
प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यतावस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।
अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ ।
समय प्रतिकुल अत्यावश्यक काममा बाहेक यात्रा नगर्नु होला । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले प्रविधिको प्रयोग गरी रचानात्मक काम गर्न सकिनेछ ।
पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् ।
समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
सोमवार र मंगलवारको समय मध्यम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ ।
आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि कृषि क्षेत्रमा गरिएको लगानी पछिको लागि आम्दानीको स्रोत बन्नेछ ।
तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया