प्योङयाङ, २ फागुन । उत्तर कोरियाका नेता किम जोङ उनलाई संसारको ध्यान आफूतिर खिच्नका लागि मिसाइल चलाइरहनुपर्दैन । उनीसँग अन्य केही यस्ता शक्तिशाली हतियार छन् । यी हतियार मेशिन नभएर उनका महिला दूत हुन्, यी दूतको त्यति नै चर्चा हुन्छ, जति उनका मिसाइलको चर्चा हुने गर्छ । यसमा यतिबेला उनकी बहिनी किम यो–जोङको चर्चा सबैभन्दा बढी भइरहेको छ । किमले दक्षिण कोरियाका दर्शकको ध्यान आफूतर्फ खिच्न सफल भइन् । उनी आफ्ना दाजुको सन्देश लिएर दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लु हाउसमा जाँदा उनका अघि टिभीहरु घुम्न बाध्य भए । अमेरिकाले लगाएको प्रतिबन्धका बाबजुद टिभी च्यानलहरु किम यो जोङका चम्किला कपडा, उनको कपाल र उनको व्यक्तित्वको बयान गरिरहेका थिए । जब उनी दक्षिण कोरियाको प्योङचाङमा भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी भए । त्यसबेला दर्शकको गर्दन र मोबाइल किमतर्फ फर्किए । ‘एउटा रहस्यमयी देशको मानवीय चेहरा प्रस्तुत भएपछि म रंगशालाको भीडमा सामेल भएर हेरेको हेरै भए’, एक युवाले भने, ‘उनी चमत्कार र आश्चर्यचकित पार्ने खालकी महिला हुन् । मैले उत्तर कोरियाली यी नेतृलाई यसअघि देखेको थिइन ।’ उनी प्योङचाङमा आफ्ना दाजुको छबी चम्काउनका लागि प्योङचाङ आएकी थिइन् । उनी मिडियामा आफ्नो देशको छवि बदल्न सफल भइन् । समाचार एजेन्सी एपीका प्योङयाङ ब्युरो प्रमुख जीन ली भन्छन्, ‘दक्षिण कोरियालीका लागि यो एक असामान्य घटना थियो ।’ जीन ली भन्छन्, ‘उनले सबैभन्दा सुन्दर महिलालाई दक्षिण कोरिया पठाए । तपाई उत्तर कोरिया जानुहुन्छ भने यस्तै सुन्दर महिलाले तपाईलाई स्वागत गर्ने छन् । उनले उत्तर कोरिया र यहाँका जनता यति खराब नभएको सन्देश दिएका छन् ।’ छवि बदल्ने काम केही दिन अघि सुरु भएको थियो, जब उत्तर कोरियाली महिला ब्याण्ड दक्षिण कोरियाको राजधानी सोल पुगेको थियो । उत्तर कोरियाकी ‘आर्मी अफ ब्युटी’ दक्षिण कोरिया पुग्दा सुन्दरता हेर्ने दक्षिण कोरियाली जनताको ध्यान आफूतिर तान्न सफल भइन् । उत्तर कोरियाका चियरलिडर समूहका पूर्व सदस्य हेन सो हेले भनिन्, ‘हामी सँग उत्तर कोरिया एक समाजवादी आत्मनिर्भर देश हो भन्ने प्रदर्शित होस् भन्ने किमको चाहाना थियो । यो विश्वास थियो कि हामी दुश्मनको दिलमा उत्रन जाँदैछौं र हामी स्वाभिमानी छौं भनेर देखाउन थियो ।’ हेन सो हेले आफ्ना भाईलाई देश निकाला गरिएपछि उत्तर कोरिया छाड्नु परेको थियो । यदि त्यहाँ बसेको भए उनको परिवारले जेलमा जीवन बिताउनु पर्ने थियो । हेन सो हे दक्षिण कोरियामा स्वतन्त्रतापूर्वक बसिरहेकी छन् । उनी उत्तर कोरियामा तालिम लिदाका दिन सम्झदै भन्छिन्, ‘हामीलाई भनिन्थ्यो कि तपाई अर्को देशमा आफ्नो देश र आफ्नो नेता जनरल किमको मान सम्मान बढाउन जादै हुनुहुन्छ । मेरी साथीले देश नभुलियोस भनेर सुटकेसमा आफ्नो देशको माटो र किम जोङ उनका बाबु किम जोङ इलको सानो मुर्ती ल्याएकी थिइन्, त्याे लिएर अाएकी छु ।’ प्योङचाङमा आईस हकी म्याचमा दुवै देशबीच साँस्कृतिक अन्तर समेत देखियो । दक्षिण कोरियाका चियर लिडरले छोटो स्कर्ट र बुटमा सेक्सी डान्स गरेको देखियो भने उत्तर कोरियालीको देशभक्तिपूर्ण धुन गुन्जिएको थियो । हेन सो–हे २००३ को एक घटनालाई सम्झेर डराउँछिन् । उनी भन्छिन्, ‘जब चियरलिडर दक्षिण कोरिया पुग्दा पानी परिरहेको थियो । एक चियरलिडरको हातमा किम जोङ इलको झण्डा थियो, त्यो पनि भिझेको थियो । सबै चियर लिडर आफ्नो बसबाट उत्रिए र झण्डा बचाउन लागे । दक्षिण कोरियाका मानिसलाई यो अनौठो लाग्यो । उत्तर र दक्षिण कोरियालीमा यो अन्तर छ ।’ उत्तर कोरियाको मामलाका जानकार इयान ब्रेमरले ट्विट गर्दै लेखे, ‘उत्तर कोरियाली चियरलिडरले कमाल प्रदर्शन गरे ।’ बीबीसीकाे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया