काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४० वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।
नेपालमा आज (शनिवार) थपिएका ३२ जना संक्रमित सहित कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।
साथै नेपालमा अहिलेसम्म ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४० जिल्लाहरूको विवरणः
पर्सा ९१
रुपन्देही ३७
उदयपुर ३३
कपिलवस्तु ७७
बाँके ११५
काठमाडौं १३
धादिङ २
कैलाली ७
बारा ११
धनुषा ९
रौतहट २२
वाग्लुङ २
चितवन ६
झापा ३५
महोत्तरी ३
भक्तपुर ४
बर्दिया २
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी २
सर्लाही ३२
नवलपरासी (पूर्व) २
मकवानपुर ३
दाङ ५
काभ्रे १
सिरहा १
सिन्धुपाल्चोक १
मोरङ ५
धनकुटा ७
गुल्मी १
खोटाङ १
दैलेख १
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी १
जम्मा ५४८
आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको जेठ १० गतेसम्म ५ सय ४८ जनालाई संक्रमण पुष्टि भएको छ ।
नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङ्कङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया