काठमाडौं । पर्साको वीरगन्ज्स्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभआएसँगै डिस्चार्जको तयारी गरिएको छ ।
शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए ।
उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया