काठमाडौं । जनकपुर अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित अस्पतालबाट भागेका छन् ।
आइसोलेसन कक्षबाट भागेका संक्रमित सर्लाहीका ४० वर्षिय पुरुष हुन्।
उनी आइतबार बिहानै आइसोलेसन कक्षबाट भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
संक्रमितको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । प्रहरीका अनुसार उनी पटक पटक भाग्ने प्रयास गरेको र आज बिहान अस्पतालको झ्याल फोरेर भागेका हुन् ।
यसअघि पनि वीरगन्जस्थित नारायणी अस्पतालबाट २ कोरोना संक्रमित भागेका थिए। र पछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
हाल उक्त अस्पतालमा धनुषा, सिरहा, सर्लाही र महोत्तरीका कोरोना संक्रमित गरी ४० बढी बिरामी उपचारत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया