काठमाडौं । गत वर्षको डिसेम्बर ३१ मा चीनको वुहान शहरमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । र त्यहाँ स्थित भाइरोलोजी इन्स्टिच्युटमा चमेरोमा पाइने भाइरसका तीन सजीव प्रजाति भेटिएका छन् । तर संस्थानका निर्देशकले भने उक्त भाइरस मध्ये कुनै पनि भाइरस संसारमा बिनाशकारी प्रकोप फैलाउने किसिमको नभएको बताएका छन् ।
अमेरिकासहित विभिन्न देशहरुले कोरोना भाइरस चीनकै वुहानमा रहेको भाइरोलोजी इन्स्टिच्युटबाट फैलिएको बताएका छन् ।
साथै वैज्ञानिकहरुले भने यो भाइरस शुरुमा चमेरोमा देखिएको र त्यसपछि कुनै स्तनधारी जनावर मार्फत् मानिससम्म पुगेको बताउने गरेका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका निर्देशक वाङ्ग यान्यीले चीनको सरकारी टिभी च्यानल सिजिटिएनसँग यो भाइरस वुहानको कुनै सेन्टरबाट फैलिएको भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य व्यक्तिको दाबीलाई पूर्ण रुपमा आरोप मात्र भएको बताएका छन् ।
मे १२ मा रेकर्ड गरिएको यो अन्तर्वार्ताको प्रशारण शनिवार भएको थियो । जसमा वाङ्ग यान्यीले सेन्टरमा चमेरोमा केही कोरोनाभाइरसको पहिचान गरिएको बताएका हुन् ।
उनले भने, ‘अहिले हामीसँग तीन प्रकारको भाइरस छन् । तर सार्स–कोव–२ (कोरोनाभाइरस) सँग उनीहरुको ७९.८ प्रतिशत मात्रै मेल खाइरहेको छ ।’
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया