नुवाकोटमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं । नुवाकोटमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण हुनेमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ का ३९ वर्षीय पुरूष रहेका छन् ।

नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो ।

ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले ककनीमा रहेका एक जना पुरूषमा कोरोना संक्रमण भएको बताए । उनले एक जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै आवश्यक सावधानी अपनाउँदा अन्यमा त्यसको असर नपर्ने बताए ।

कोरोना पुष्टि भएका पुरूषले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागि भएका थिए ।

काठमाडौं महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाइ काठमाडौं लैजाने तयारी भइरहेको अक्ष्यक्ष तामाङले बताए ।

उनका अनुसार कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेका थिए ।

नेपालमा आज मात्र १९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपलामा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । त्यस्तै आज मात्र १७ जना कोरोना जितेर घर फर्किएसँगै कुल ८७ जना घर फर्किएका छन् । साथै ३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?