खोटाङ ४४औँ पूर्ण साक्षर जिल्ला

खोटाङ, २ फागुन – ‘समग्र खोटाङ समुन्नतिको निकास, ज्ञान, सीप, संस्कार, साक्षरताको विकास’ भन्ने नारासहित खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या मध्येमा गरिएको साक्षरता मूल्याङ्कनमा ९६ दशमलव ५६ प्रतिशत साक्षर भएको पाइएपछि आज औपचारिक रुपमा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको एक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले औपचारिक रुपमा पूर्ण साक्षर जिल्ला भोषणा गर्नुभयो । भट्टराईले शिक्षा अधिकारी धनबहादुर श्रेष्ठलाई पूर्ण साक्षर जिल्ला भएको प्रमाणपत्र प्रदान गरेर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभएको हो पन्ध्र देखि ६० वर्ष उमेर समूहका एक लाख ३९ हजार ९४१ निरक्षर नागरिकमध्ये एक लाख ३५ हजार १२९ जना साँवा अक्षर पढ्न र लेख्न सक्षम बनेपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताउनुभयो । छुटेका तीन दशमलब ४४ प्रतिशतलाई पनि चाँडै साक्षर बनाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो जिल्लाका निरक्षर नागरिकले एकदेखि १०० अङ्क लेख्न र भन्न, आम्दानी र खर्चको विवरण राख्न, बैंक भौचर भर्न, मोबाइल चलाउन, सभा–समारोहमा बोल्न सक्ने लगायतका १२ सूचकमध्ये कम्तीमा सात सूचक पूरा गरेपछि साक्षर जिल्ला घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ । देशकै सबैभन्दा बढी २७ स्रोत केन्द्र रहेको खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको खुशियालीमा दिक्तेलबजारमा सांस्कृतिक झाँकीसहित विशाल ¥याली निकालिएको थियो दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ४९१ सामुदायिक, २९ संस्थागत, दुई प्राविधिक विद्यालय र ३४७ बाल विकास केन्द्र सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?