काठमाडौं । मनिलास्थित चिनियाँ दूतावासले कोभिड–१९को अग्रपंक्तिमा कार्यरतहरुमाथि समर्पित गर्दै एक म्युजिक भिडियो सार्वजनिक गरेको छ । तर, उक्त भिडीयोले फिलिपिनी इन्टरनेट प्रयोगकर्ताहरूमा राम्रो प्रभाव पार्नुभन्दा पनि उनीहरुलाई चीनप्रति झन् क्रुद्ध बनाइदिएको छ ।
कारण, उक्त गीतमा दक्षिण चीन सागरको सन्दर्भ जोडिएको छ जसलाई स्थानीयले फिलिपिन्स सागर भनेर चिनिन्छ।
‘आईसांग डागत’ अर्थात् ‘एक समुन्द्र’ बोलको उक्त गीतको शाब्दिक रचना चिनियाँ राजदूत एच.ई. द्वारा गरिएको हो भने दूतावासमै कार्यरत चिनियाँ कूटनीतिज्ञ हुआबलन जिलियान र केही फिलिपिनी तथा चिनियाँ कलाकारहरुद्धारा संयुक्त रुपमा गाईएको हो ।
गीतमा दुई देशहरूबीचको मित्रता र महामारीको सामना गर्न पारस्परिक सहयोगको कुरा गरिएको छ ।
चिनियाँ दूतावासले ट्वीटरमा उक्त गीत पोस्ट गर्दै लेखेको छ, गीतमा उल्लेख भएजस्तै समुन्द्र वारी र पारीको दुई छिमेकीले आपसी सहकार्यमा यथाश्रीघ चाँडो महामारीलाई जित्ने छ । तर फिलिपिनीहरुले यसलाई समुंद्री क्षेत्रमाथि फिलिपिन्सको दाबीलाई कमजोर पार्ने आशंकाको दृष्टिले हेर्दै उक्त भिडियोको व्यापक बिरोध गरेका छन् ।
चीनले फिलिपिन्सको समुन्द्री क्षेत्रमा अनाधृकित कब्जा गरेकोले त्यहाँ चीन विरोधी भावना बढ्दै गईरहेको छ ।
यस्तो अवस्थामा समुन्द्रसँग सम्बन्धित म्युजिक भिडियो जारी हुँदा फिलिपिनीहरुको चीनविरोधी भावनालाई एक पटक पुनः सतहमा ल्याइदिएको छ ।
उक्त म्युजिक भिडियोमा २ लाखभन्दा बढी डिस्लाईक गरिएको छ भने ४ हजारभन्दा कम लाईक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया