चालू आर्थिक वर्षमा गरिबी घट्ने, आर्थिक बृद्धिदर २.३ प्रतिशतमा सिमित रहने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६.६ प्रतिशतमा झरेको बताएका छन् ।

मंगलवार संसदमा अर्थमन्त्री डा खतिवडाले मंगलवार संसदसमक्ष पेश गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा गरिबी घटेको जानकारी गराउँदै आर्थिक बृद्धिदर २.३ प्रतिशतमा सिमित रहने अनुमान समेत सार्वजनिक गरेका छन् ।

अर्थमन्त्री खतिवडाका अनुसार आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म १८ दशमलव ७ प्रतिशतमा रहेको निरपेक्ष गरिबीमुनिको जनसंख्या २०७६/७७ मा करिब १६.६७ प्रतिशत रहने अनुमान रहेको बताए ।

अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २ दशमलव ३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका कोभिड १९ को कारण नेपालको आर्थिक बृद्धिदर खुम्चने प्रक्षेपण गरेका छन् । त्यस्तै केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा २ दशमलव २७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

संसदमा चालू आर्थिक वर्षको बजेट समिक्षा गर्दै नेपालीहरुको प्रतिव्यक्ति आम्दानी औषतमा १ लाख २६ हजार १८ रुपैयाँ पुगेको बताए । साथै प्रतिव्यक्ति आय अमेरिकी डलरमा यो १ हजार ८५ अमेरिकी डलर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?