कोरोना नियन्त्रणमा ६ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ को परीक्षणको दायरा बढाउने, क्वारेन्टाईन विस्तार गरिने, चिकित्सकको बीमा तथा संक्रामक रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्ने गरी बजेट छुट्याएको जनाएको छ ।

सरकारले त्यसको लागि ६ अर्ब बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै स्वास्थ्यकर्मीको ५ लाखको बीमा, ३ सय शैयाको सरुवारोग अस्पताल, सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल, मुलुकभर एउटै नम्बरमा फोन गरी नागरीकले सेवा लिन मिल्ने व्यवस्था गर्ने गरी बजेट छुट्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?