काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ को असरका कारण विदेशमा रोजगारी गुमाएका, बेरोजगार तथा स्वदेशमा रोजगारी गुमाएकाको लागि सरकारले देशभित्रै काम दिने आफ्नो गाउँ आफैँ बनाउ अभियान अन्तर्गत रोजगारीको लागि बजेट विनियोजन गरेको छ ।
कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने सरकारको नीति छ ।
विदेशबाट फर्केका र देशभित्रै रहेका ७५ हजार जनालाई सीपमुलक तालिम दिन सरकारले ४ अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ ।
त्यस्तै सरकारले गत आर्थिक वर्ष २०७६/७७ का लागि श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड विनियोजन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया