काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७ ७८ मा सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले हाल दिँइदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने घोषणा गरेका छन् ।
त्यस्तै सबै श्रमिक र कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा ल्याउन प्रोत्साहित गर्ने पनि घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया